टी–२० विश्वकप : नामिबिया पाकिस्तानसँग ४५ रनले पराजित

नेपालखोज २०७८ कार्तिक १७ गते ६:३४

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत हिजो सम्पन्न दोस्रो खेलमा पाकिस्तानले नामिबियालाई हराएको छ ।

खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान जारी विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको हो । पाकिस्तान जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । खेल अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा समेटियो ।

सुरुवाती ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि ओपनरद्वय मोहम्मद रिजवान र कप्तान बाबर आजमले अर्धशतक प्रहार गरे । रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतले अभिजित रहँदै ७९ रन बनाउँदा आजमले ४९ बलमा ७ चौकाको मद्दतले ७० रन जोडे। त्यस्तै, मोहम्मद हाफीजले ३२ रन बनाउँदा फखर जमानले ५ रन जोडे ।

पाकिस्तानका हसान अली, इमाद वासिम, ह्यारिस राउफ र शदाब खानले समान १-१ विकेट लिए ।

प्रतिक्रिया