आइतबार, वैशाख १४, २०८२

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त, मन्त्रिपरिषद् विस्तार आज

नेपालखोज २०७८ कार्तिक १७ गते ७:१५

काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । शपथ ग्रहण गरेका शाहीले आज मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ ।

मन्त्रालयको भागबण्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रतिक्रिया