बाढी-पहिरो क्षेत्रको निरीक्षण गर्दै कार्यवाहक प्रधानमन्त्री खाँण

काठमाडौं । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुगेका छन् ।
मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तर्क्रियासमेत गर्ने छन् ।
गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।
गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।
गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।

प्रतिक्रिया