शिवम् सिमेन्टको साधारण सभा सम्पन्न, यस्ता प्रस्ताव पारित भए

काठमाडौं । शिवम् सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइसकेपछिको छैटौं वािर्षक साधारण सभा कात्तिक १६ गते सम्पन्न गरेको हो ।
कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सेयरधनीहरु जुम भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितीमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजी चार अर्ब ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने एक अर्व २७ करोड ६० लाख मात्र नगद लाभाशं रकम वितरण गर्ने प्रस्ताव सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आर्थिक वर्ष २०७८।०७९ को आयव्ययको लेखापरीक्षण गर्न सुवोध एसोसियट्स, चार्टर्ड एकाउन्टेन्डेन्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीका अनुसार सर्वसाधारण शेयरधनीहरुको बैंक खातामा सेयर रजिष्टर सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिकन गर्नु भएको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्नु हुनेछ भन्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।
प्रतिक्रिया