‘एकीकृत समाजवादी पार्टीलाई एमाले जस्तो बनाउन दिनु हुँदैन’

नेपालखोज २०७८ कार्तिक १७ गते १४:५७
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताएका छन् ।

जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्न नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरु ठूलो भएको तर्क गरेका हुन् ।

बुधवार (आज) पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको स्रोत बनाउन सकिने बताएका छन् ।

उनले विश्वका २ सय भन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरु नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए ।

प्रतिक्रिया