चौबीस घण्टामा ४४७ जनामा संक्रमण पुष्टि, ७ को मृत्यु
नेपालखोज
२०७८ कार्तिक १७ गते १६:४१

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५७७ जनाको पीसीआर परीक्षणमा ३९५ र ३ हजार ३३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जना गरी कुल ४४७ जनामा कोरोना पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ८२८ र एन्टीजेन विधिबाट ९४ हजार ७२६ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ४३४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया