एमाले झापा-काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो
नेपालखोज
२०७८ कार्तिक १७ गते १८:१८

काठमाडौं । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सम्पर्क मञ्चको आयोजनामा काठमाडौं नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा झापाबाट काठमाडौं आइ बसेका एमालेका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कलाकारहरुले गीत संगीतका साथसाथै नृत्य र हास्यव्यंग्यसमेत प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो बनाएका थिए । कलाकारहरुले देउसी भैलो कार्यक्रममा नेताहरुमाथि व्यंग्य कस्न पनि भ्याएका थिए ।
सम्बन्धित

प्रतिक्रिया