आहा-रारा गोल्डकप माघ ६ बाट हुने

काठमाडौं । सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु हुने भएको छ । प्रतियोगिताको मुख्य प्रयोजन केसी ग्रुपले गर्ने भएको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी संचालन गरिहेको छ ।
त्यस्तै, सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले बार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नामसमेत परिवर्तन हुने भएको छ । क्लबसँग दश वर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो ।
एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् । उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया