तिहारमा गाउँ जाने कुल ६ हजार ७१० जनाले लगाए कोरोना खोप
नेपालखोज
२०७८ कार्तिक १७ गते २१:५८

काठमाडौं । सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि कोटेश्वर,बल्खु, कलंकी र गोंगबुमा संचालित खोप अभियानमा कुल ६ हजार ७१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
कार्तिक १६ गते २ हजार ९९२ जना र कार्तिक १७ गते ३ हजार ७१८ जना गरी कुल ६ हजार ७१० जनालाई खोप लगाइएको छ। स्वास्थ्य मन्त्रालयले उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरी बस छुट्ने मुख्य पाँच ठाउँमा खोप केन्द्र राखेको थियो ।
अहिले बिहानदेखि नै काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइएको छ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया