बिहीबार, चैत १५, २०८०

रियलमीको किलर जीटी सिरिजअन्तर्गत ‘जीटी नियो-२’ आउँदै, यस्ता छन् फिचर

नेपालखोज २०७८ कार्तिक १८ गते ८:५८

काठमाडौं । तीव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिजअन्तर्गत रियलमी जीटी नियो-२ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक सुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

जीटी सिरिज रियलमीको फ्लागसिप सिरिजअन्तर्गत पर्छ जसमा प्रविधिप्रेमीहरुका लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा छन् । अधिकांश स्मार्ट फोनहरुले जीटी सिरिजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन् । रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरिज लिएर आउने भएको हो । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको छ ।

नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीजको रियलमी जीटी नियो २ मा क्वालकम स्नाप ड्रागन टीएम ८ सिरिज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा–हाइनमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ । जसको घोषणा सामाजिक सन्जालमार्फत रियलमीकाको सीएमओ र चेसले गरेको थियो ।

डिजाइन सधैं रियलमी जीटी सिरिजको महत्त्वपुर्ण पक्ष रहेको छ । यसपटक रियलमी जीटी नियो २ उच्चप्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्न आकर्षक रङ नियो ग्रिनमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया