बिहीबार, वैशाख २०, २०८१

समिट लघुवित्तको बोनस शेयर घोषणा

नेपालखोज २०७९ फागुन १६ गते १५:१३

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर शेयरधनीहरुलाई उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनस शेयर १३.५६ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्ताव गरिएको बोनस शेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया