सैन्य अस्पतालमा विष्फोट र आक्रमण, २० जनाको मृत्यु
नेपालखोज
२०७८ कार्तिक १८ गते ९:२१

काबुल । अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ ।
काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् ।
अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले लिएको छ ।
विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको भिडियो सामाजिक संजालहरुमा देखाईएको छ । दुई ओटा विस्फोट मध्ये एउटा विस्फोट आत्मघाती भएको अस्पतालका डा.सहिद अहदले जानकारी दिनुभयो ।
तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले अफगानिस्तानमा हिंसात्मक हमलाहरु गर्दै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया