सुनको भाउ घट्यो, चाँदी स्थिर

नेपालखोज २०७८ कार्तिक १८ गते ११:३७

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।

आज तेजावी सुन ५ सय रूपैयाँले नै घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया