भारतमा १२ हजार नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ संक्रमित नयाँ थपिएका हुन् ।
सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल संख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् ।
दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाको संख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ ।
भारतमा अहिलेसम्म संक्रमणमुक्त भइसकेकाको कुल संख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ । रासस
प्रतिक्रिया