बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ संक्रमित !
नेपालखोज
२०७८ कार्तिक १८ गते १५:५६

लण्डन । बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ संक्रमित थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
योसँगै बेलायतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् । कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।
सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट संक्रमित भएका बिरामी अस्पतालमै रहेका छन् । रासस
सम्बन्धित
प्रतिक्रिया