चाैबीस घण्टामा ३५६ संक्रमित थपिए, ५१८ जना डिस्चार्ज
नेपालखोज
२०७८ कार्तिक १८ गते १७:०९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २५९ जनाको पीसीआर परीक्षणबाट २८७ र ३ हजार १२५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९ जना गरी जम्मा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८८९० हजार ३३२ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया