पाल्पामा रुख ढलेर एक जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक १८ गते २२:०५

पाल्पा । पाल्पामा रुख ढलेर लाग्दा एकजनाको मृत्यु भएको छ । आज बिहान तानसेन नगरपालिका–१४ बस्ने ५० वर्षीय लक्ष्मणप्रसाद पाण्डेको बरको रुख ढलेर लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेखि तानसेन–१३, छेर्लुङ आफन्तकामा जाँदै गर्दा कालीगण्डकी करिडोरअन्तर्गत कुरुङखोला तर्ने क्रममा अचानक रुख ढल्दा लागेर पाण्डेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस

प्रतिक्रिया