यसपालिको साफ यू-१९ महिला च्याम्पियनसिप बंगलादेशमा
नेपालखोज
२०७८ कार्तिक १९ गते ८:०८

काठमाडौं । साफ यु–१९ महिला फुटबल च्याम्पियनसीप बंगलादेशमा डिसेम्बर ११ देखि २२ तारिखसम्म हुने भएको छ । प्रतियोगितामा केवल पाँच टिमले सहभागिता जनाउनेछन् ।
आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन् । सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ तारिखमा खेल्नेछ ।
नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ तारिखमा खेल्नेछ । राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका रहेको छ । राउन्ड रोविन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल डिसेम्बर २२ मा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया