मंगलबार, असार १७, २०८२

एक्यूआई १४ सयसम्म पुग्यो

नेपालखोज २०७८ कार्तिक १९ गते ८:३६

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर खतराको तहभन्दा माथि पुगेको छ । शुक्रबार बिहान ६ बजे त्यहाँको हावाको गुणस्तर ६ सय ५५ पुगेको स्वीट्जरल्याण्डस्थित हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले जनाएको छ ।

समग्र दिल्लीको हावाको गुणस्तर साढे ६ सयको हाराहारीमा रहे पनि दिल्लीभित्रका केही स्थानको हावाको गुणस्तर १४ सयभन्दा बढी पुगेको छ ।
नेहरु नगर, जवारलाल नेहरु स्टेडियम, ओक्ला फेजलगायतका स्थानमा एक्यूआई १ हजारभन्दा माथि पुगेको छ । एक्यूआई ५ सय भन्दा माति पुगेपछि घातक मानिन्छ । यस्तो हावामा निस्कनु खतरानाक मानिन्छ ।

दिल्ली सरकारले पटाका पड्काउन पूर्ण प्रतिबन्ध लगाए पनि अधिकांश स्थानमा रातभर पटाका पड्काएको आवाज सुनिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । त्यहाँ पटाका पट्काउन रोक्नका लागि भन्दै ‘पटाका होइन दियो जलाऔं’ नामक अभियानसमेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया