‘मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न आवश्यक’
नेपालखोज
२०७८ कार्तिक १९ गते ९:१९

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् ।
नेपाल संवत ११४२ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवतको प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।
नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गरे ।
सम्बन्धित

प्रतिक्रिया