मंगलबार, वैशाख १६, २०८२

१५ विकास बैंकको वित्तीय विवरण, ४ वटाले २० करोड कमाउँदा २ बैंक ऋणात्मक

नेपालखोज २०७८ कार्तिक १९ गते १२:४७
प्रतीकात्मक तस्बिर ।


काठमाडौं । सञ्चालनमा रहेका १८ वटा विकास बैंकहरुमध्ये हालसम्म १५ वटा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार विकास बैंकहरुले त्रैमास सकिएको पहिलो महिनाभित्रमा सकिएको त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

सोहीअनुरुप वित्तीय विवरण प्रकाशन गर्ने १५ वटा तिहार बिदाको अन्तिम दिनसम्ममा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुले आफ्नो अपष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

जसमध्ये मुक्तिनाथ विकास बैंकसहित चारवटा विकास बैंकहरुले २० करोड रुपैयाँभन्दा बढी खुद मुनाफा कमाएका छन् भने दुईवटा विकास बैंकको नाफा ऋणात्मक देखिएको छ ।

सोमध्ये मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा २९ करोड ४१ लाख ५९ हजार रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा २३ करोड पाँच लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा १५ करोड ९७ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

यसैगरी ज्योति विकास बैंकले पनि चालु आवको पहिलो त्रैमासमा २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ज्योतिको यस्तो नाफा १३ करोड १५ लाख २३ हजार रुपैयाँ थियो ।

गत आवको पहिलो त्रैमासमा ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको लुम्बिनी विकास बैंकले पनि चालु आवको पहिलो त्रैमासमा २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यसैगरी गरिमा विकास बैंकले पनि पछिल्लो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाको यस्तो नाफा आठ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको थियो । कामना सेवा बिकास बैंकले पनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कामनाको यस्तो नाफा २० करोड एक लाख १६ हजार रुपैयाँ रहेको थियो । यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा साइनको यस्तो नाफा दुई करोड ८८ लाख ७८ हजार रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोेही अवधिमा सांग्रिलाको यस्तो नाफा तीन करोड १५ लाख १६ हजार रुपैयाँ थियो । कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंकले भने पछिल्लो त्रैमासमा क्रमश: २२ लाख ७० हजार, दुई करोड ४३ लाख ४२ हजार र एक करोड ८२ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमश: ३४ लाख ४८ हजार, दुई करोड ९९ लाख ८९ हजार र पाँच करोड ६४ लाख ४० हजार रुपैयाँ थियो ।

ग्रिन र कर्पोरेट डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमश: ६ लाख १६ हजार र एक लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा ग्रिन डेभलपमेन्ट बैंकको नाफा ९४ लाख ३७ हजार रुपैयाँले ऋणात्मक रहेको थियो भने कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ५६ लाख ७५ हजार रुपैयाँ थियो ।

चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने क्रमश: ६६ लाख ६९ हजार र नौ लाख ११ हजार रुपैयाँले ऋणात्मक थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा दुई करोड ४१ लाख ४९ हजार र ४७ लाख चार हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

विकास बैंकहरूले कमाएको नाफा (रकम रु. हजारमा, ब्राकेटभित्रको ऋणात्मक)

(स्रोत : सम्बन्धित बैंकले प्रकाशन गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया