प्रदेश १ का एक/दुई स्थानमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ कार्तिक २० गते ६:४३

काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
उल्लेखनीय मौसम प्रणाली नभए पनि अहिले देशभर आंशिकदेखि सामान्य बदली भने भइरहेकाे माैसम विभागले जनाएकाे छ ।
आज दिउँसो देशका प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक /दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया