शनिबार, वैशाख १५, २०८१

भरतबन्धुको ‘गन्तव्य मध्यपुर थिमि’

नेपालखोज २०७८ कार्तिक २० गते ८:४९

काठमाडौं । पत्रकार भरतबन्धु थापाले तयार पारेको पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’ सार्वजनिक भएको छ । मध्यपुर थिमी नगरपालिकाले प्रकाशन गरेको पुस्तकमा भक्तपुरको मध्यपुर थिमि क्षेत्रका पुरातात्त्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर समेटिएको छ ।

पत्रकार थापाले मध्यपुर थिमि नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे १० महिना लगाएर अध्ययन गरी तस्बिर पुस्तक तयार पारेका हुन् । उनी विगत दुईदशकभन्दा बढी समयदेखि उपत्यका तथा भक्तपुर क्षेत्रलाई आधार बनाएर पत्रकारिता गरिरहेका छन् ।

पुस्तक पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा लोकार्पण गरेका हुन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रमा लोप हुन लागेका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदालाई उजागर गरी पुस्तकका रूपमा तयार पारिएको भन्दै यसबाट देश-विदेशमा जानकारी हुनुका साथै आन्तरिक र बाह्य पर्यटनको विकासमा टेवा पुग्ने आशा व्यक्त गरे ।

No photo description available.

उनले नगरभित्र मूर्तिकलाको संरक्षणका क्रममा लोप हुन लागेका, जीर्ण रहेका र भूकम्पले क्षति पुगेका २३ वटा मन्दिर, ३७ वटा फल्चा, २५ वटा ढुंगेधारा, २० वटा इनार, १५ पोखरी, ५ विहार, ३ लायकू दरबार पुनर्निर्माण गरिसकेको जानकारीसमेत दिएका थिए ।

कार्यक्रमा मध्यपुर क्षेत्रका सम्पदा, कला र संस्कृतिको बारेमा खोज र अनुसन्धान गरेको भन्दै यस क्रममा आफूले मध्यपुरलाई बत्तीमुनिको अँध्यारोजस्तै पाएको बताएका थिए । उनले अब चाँडै सातै प्रदेशको परिचयसहित प्रदेशका प्रमुख पर्यटकीक धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्य समेटिएको तस्बिरसहितको पुस्तक आउन लागेको पनि जानकारी दिए । यसअघि पत्रकार थापाका वाइल्ड वेस्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेस्ट र कर्णालीसहित चार पुस्तक सार्वजनिक भइसकेका छन् । कार्यक्रममा उनलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया