आइतबार, जेठ १२, २०८२

विश्वमा एक वर्षमा खाद्य पदार्थको मूल्य झन्डै ३० प्रतिशतले बढ्यो

नेपालखोज २०७८ कार्तिक २० गते १२:३९

काठमाडौं । पछिल्लो एक वर्षमा विश्वमा खाद्य पदार्थको मूल्य झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ । पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ ।

विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ । महामारीका कारण आपूर्तिमा समस्या, उद्योगहरू बन्द हुनु, खडेरी तथा धेरै वर्षाका कारण उत्पादन कमी हुनु, राजनीतिक तनाव बढ्नु लगायतका कारण मूल्यवृद्धि भएको एफएओको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनको असरले यस अघि नभोगिएका विपत्तिहरु भोग्नु परेको र यसको असर कृषिमा पर्दा पनि खाद्यान्नको भाउ बढेको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया