बीकेएसपीलाई नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले जित्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले जित निकालेको छ । शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले हराएको छ ।
विश्वकपको एसिया छनोटको तयारी गर्न राष्ट्रिय क्रिकेट टिम बंगलादेशमा छ । नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले ४८ रन मात्र बनाउन सक्यो । ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालकी संगिता राईले सर्वाधिक ४ विकेट लिईन् । सरस्वती भण्डारी, कविता कुवँर, सिता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे । सुरुवाती ब्याटिङ्ग गरेको नेपालका लागि कबिता जोशीले सर्वाधिक २३ रन बनाईन् । रुबिना क्षेत्रीले १६ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले १२ रन बनाईन् । अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले बंगलादेशमा एक हप्ता अभ्यास गर्नेछ । त्यहाँ रहदा नेपालले चार म्याचको सिरिज खेल्ने बताईएको छ । बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।
प्रतिक्रिया