कञ्चनपुरमा सात फिट लामो अजिंगर ! (तस्बिरसहित)
नेपालखोज
२०७८ कार्तिक २० गते २०:११

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोट दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिंगर उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ ।
बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिङ्गरेको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।
उद्धार गरिएको अजिंगरलाई कुण्डा सब डिभिजन वन कार्यालय पचकढीयाबाट खटिआएका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाएको छ । अजिंगरलाई वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन् । –रासस
सम्बन्धित
प्रतिक्रिया