शुक्रबार, वैशाख १४, २०८१

युवतीहरुका हकमा ४ राशि

नेपालखोज २०७८ कार्तिक २१ गते ६:३५

ज्योतिषशास्त्रमा कुल १२ राशि र ९ ग्रहको उल्लेख गरिएको छ । हरेक राशिको आ-आफ्नै अलग स्वामी ग्रह हुन्छ । ज्योतिषशास्त्रअनुसार व्यक्तिको स्वभाव उसको राशि र स्वामी ग्रहमा आधारित हुन्छ । हामी के देख्छौं भने केही मानिस निकै शान्त स्वभावका हुन्छन् अनि कसैसँग पनि सजिलै घुलमिल हुन सक्दैनन् । अर्कातिर केही मानिस निकै तेज देखिन्छन् । उनिहरु कसैसँग पनि डराउँदैनन् । उनीहरु मनमा आएको कुरा बिनसंकोच भन्न सक्छन् ।

ज्योतिषशास्त्रमा यस्ता ४ राशिको उल्लेख छ जुन राशिका युवतीहरु विवाहपछि निकै फडवार्ड श्रीमती साबित हुन्छन् । यी राशिका युवतीहरुले चाहेको जीवनसाथी पाउँछन् । विवाहको सिजन सुरु हुन लाग्दै छ, यो मेसोमा हेरौं युवतीहरुको हकमा भाग्यमानी चार राशि :

मेष : मेष राशिका युवतीहरुमा गजबको आकर्षण शक्ति हुन्छ । यो राशिका युवतीहरु आत्मविश्वासी हुन्छन् । सौन्दर्यको मामिलामा पनि यिनीहरु बेजोड मानिन्छन् । भनिन्छ यो राशिका युवतीहरुले विवाहपछि श्रीमान् माथि हुकुम चलाउँछन् । यिनीहरुलाई आफ्ना श्रीमान्‌लाई वशमा राख्न राम्रोसँग आउँछ । मेष राशिका युवतीहरुले आफूले चाहेको जीवनसाथी पाउँछन् ।

वृश्चिक : जुन पुरुषले वृश्चिक राशिकी युवतीसँग विवाह गर्छन्, उनीहरुको जीवनमा खुसियाली छाउँछ । यो राशिका युवतीहरुलाई आफ्नो स्वतन्त्रता निकै प्यारो लाग्छ । यिनीहरु विवाहपछि पनि बन्धनमा रहन रुचाउँदैनन् । यही कारणले यो राशिका युवतीहरुको श्रीमान्‌सँग मतभेद पनि हुनसक्छ ।

कन्या : कन्या राशिका युवतीहरु निकै असल श्रीमती साबित हुन्छन् । यो राशिका युवतीहरुले जोसँग विवाह गर्छन् ती युवकहरु निकै भाग्यशाली मानिन्छन् । यो राशिका युवतीहरु नातालाई लिएर संवेदनशील अनि अन्डरस्ट्यान्डिङ हुन्छन् । यिनीहरु सही र गलतको परख गर्न सक्छन् ।

मकर : मकर राशिका युवतीहरु समयको निकै ख्याल राख्छन् । यिनिहरुले श्रीमान्‌लाई वशमा राखेका हुन्छन् । यो राशिका युवतीहरु हर काम पूरा परफेक्सनका साथ गर्छन् । यिनीहरु जीवनसाथीप्रति निकै इमानदार रहन्छन् । यिनीहरुको यही स्वभाव जो कसैलाई मन पर्छ ।

प्रतिक्रिया