बिहीबार, वैशाख १३, २०८१

बसको ठक्करबाट २ जनाको मृत्यु, ८ घाइते

नेपालखोज २०७८ कार्तिक २१ गते ९:१०


काठमाडौं । हेटौंडामा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगर–१९ मा हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसको ठक्करबाट २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगर १९ का २० वर्षिय सुरज विष्ट र चितवन पिप्ले ३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सोही दुर्घटनाको आठ जना घाइते छन् । घाइते भएका ८ जनामध्ये ७ जना डिस्चार्ज भइसकेका छन् । एक जना भने अस्पतालमै रहेको बताइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगर–१९ मा देउसी–भैलो खेलिरहेकालाई बसले ठक्कर दिएको बताइएको छ। ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया