आइतबार, जेठ १२, २०८२

इराकी प्रधानमन्त्रीकाे निवासमा ड्रोन हमला

नेपालखोज २०७८ कार्तिक २१ गते १०:४०


काठमाडौं । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल-खादिमीले राजधानी बग्दादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन्।

उक्त हमला प्रधानमन्त्रीको हत्या गर्नमा केन्द्रित रहेको बताइएको छ । यो अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

सामाजिक सञ्जालमा ट्विटरमा उनले आफू घाइते नभएको बताएका छन्। ड्रोन आक्रमणबाट प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६ जना घाइते भएको इराकी सेनाले जनाएका छन् ।

कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन। बीबीसी

प्रतिक्रिया