एमाले अध्यक्ष ओली आज विराटनगर जाने, यस्तो छ कार्यक्रम
नेपालखोज
२०७८ कार्तिक २२ गते ९:१३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाने भएका छन् । अध्यक्ष ओली यति एयरको जहाज मार्फत विराटनगर जाने कार्यक्रम रहेको नेकपा एमाले (मोरङ) ले जनाएको छ। मोरङमा हुने चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जाने भएका हुन्।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने बताइएको छ ।
कार्यक्रम सकेर पूर्व प्रधानमन्त्री समेत रहेका ओली आजै काठमाडौं आइपुग्ने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया