खोपको पूर्णमात्रा लगाएकालाई अमेरिका प्रवेश गर्न दिइने
नेपालखोज
२०७८ कार्तिक २२ गते १०:१४

काठमाडौं । सोमबार (आज) रातीबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले आफ्नो देशमा प्रवेश गर्न दिने भएको छ ।
अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै आज रातीबाट कोरोना विरुद्धको दुबै डोज लिएका नागरिकलाई प्रवेश प्रवेश अनुमति दिने भएको हो । अमेरिकाको या निर्णयसँगै बेलायतसहित युरोपेली युनियन सम्वद्ध ३० देशका नागरिकले अब अमेरिकामा घुम्न र त्यँहा भएका आफेना परिवारलाई भेट्न पाउने भएका छन् ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। अमेरिकी प्रतिबन्ध हट्ने खबरसँगै एअरलाइन्सहरुमा टिकट बुकिङको लाइन लाग्न थालेको बताइएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया