शनिबार, जेठ ११, २०८२

प्रधानन्यायाधीश विरुद्ध आज पनि विरोध प्रदर्शन

नेपालखोज २०७८ कार्तिक २२ गते ११:४४


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आएका कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनमा आवद्ध वकिलहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्। बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

यसअघि कानून व्यवसायिहरुले कात्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहित विरोध प्रदर्शन गरेको थियो । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आएको छ ।

प्रतिक्रिया