मुख्यमन्त्री शाहीले गरे वर्षाले पुर्‍याएको क्षतिको अवलोकन

नेपालखोज २०७८ कार्तिक २२ गते १६:१८

हुम्ला । प्रदेश नं ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पुर्‍याएको क्षतिको अवलोकन गरेका छन् । गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६ को एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चंखेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा आएको बाढीपहिरोले क्षति पुर्‍याएको थियो।

सिमिकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिन र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिए।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै ४१ घर उच्च जोखिममा रहेका, १४४ परिवारको ३३२५० क्विन्टल अन्नबाली क्षति भएको र १० वटा पशु चौपायाको मरेको जानकारी दिए । रासस

प्रतिक्रिया