शनिबार, जेठ ११, २०८२

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागे विश्वासको मत

नेपालखोज २०७८ कार्तिक २२ गते १६:३५

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई विश्वासको मत दिन आग्रह गरे ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । मुख्यमन्त्री पाण्डेले भने, ‘आज विश्वासको मत मागिरहेको यस घडिमा अब म प्रदेशको फजुल खर्च घटाउन, प्रदेशलाई प्राप्त श्रोतको सही सदुपयोग गरी प्रदेशको आम्दानी बढाउन, प्रदेशका गौरवाका कार्यक्रमलाई प्रवद्र्धन गर्न ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशको प्रगति र विकासलाई अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया