दैलेखका लागि २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपालखोज
२०७८ कार्तिक २२ गते १९:१६

काठमाण्डौं । दैलेख जिल्लाका लागि प्राप्त २० थान अक्सिजन कन्सन्ट्रेटर आज एनआरएनए मुख्यालयबाट हस्तान्तरण भएको छ ।
राष्ट्रिय जनजाती उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राप्रपाका केन्द्रिय कोषाध्यक्ष चन्द्र बहादुर गुरुङको समन्वयबाट एनआरएनए आईसीसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्व शैनिक संघले नेपालको गाउँगाऊमा कोरोनासँग जुध्नका लागि सो स्वास्थ सामाग्री नेपाल पठाएको हो ।
दैलेखका लागी करिब २८ लाख बराबरको २० ओटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्बमन्त्री कुन्ती कुमारी शाहीको विशेष पहलमा सो सामाग्री दैलेखका विभिन्न हेल्थपोस्टमा पठाउन लागिएको सामाजिक अभियन्ता चक्र बहादुर चन्दले बताए ।
यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना संक्रमणको बेला जिल्लामा विभिन्न किसिमले सहयोग गर्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया