शनिबार, जेठ ११, २०८२

सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी साह पक्राउ

नेपालखोज २०७८ कार्तिक २२ गते २०:०१

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार भारतको मोतिहारी जिल्लाका जय बाबा गणिनाथ महाराज सप्लायर्सका प्रमुखले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

सोहीअनुसार वि.स २०७७ माघ २६ गते प्रतिवादी रामहरण साहको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएकाे छ ।

फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले प्रतिवादी साहलाई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १, कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज सोमबार ललितपुर जिल्ला अदालतमा पेस गरेको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया