आजदेखि नियमित पेसी तोक्ने प्रधानन्यायाधीशको तयारी

काठमाडौं । न्यायाधीशहरूको आन्दोलनका कारण सर्वत्र दवावमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजदेखि नियमित पेशी तोक्ने तयारी गरेका छन् ।
उनले आम नागरिकको न्याय पाउने अधिकार कुण्ठित हुने भन्दै नियमित पेशी तोक्ने तयारी गरेको सर्वोच्च स्रोतले जनाएको छ ।
यो सँगै जबराले राजीनामा नदिने अडान पनि लिएका छन् । आन्दोलनमा रहेका न्यायाधीशहरुले आफ्नो प्रस्ताव अस्वीकार गरेसँगै उनले वैधानिक बाटो रोज्ने रणनीति लिएका हुन् । जसअनुसार संसदले दिने निर्णय उहाँको अन्तिम विकल्प हो ।
जबराले हिजो आफूसहित ६ वटा पेशी तोकेका थिए । हिजो न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, कुमार चुडाल, कुमार रेग्मीले आ–आफ्नो इजलाशमा बन्द्र प्रत्यक्षीकरणको मुद्धामा सुनुवाइ गरेका थिए ।
प्रधानन्यायाधीश जबराको काम कारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश भने केही सातादेखि इजलासमा उपस्थित छैनन् ।
प्रतिक्रिया