‘अधिकारीको निधनले पार्टीलाई अपुरणीय क्षति पुग्यो’
नेपालखोज
२०७८ कार्तिक २३ गते ८:५९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक सन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् । २८ वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो ।
मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ । –रासस
सम्बन्धित

प्रतिक्रिया