प्रधानसेनापति शर्मा भारत प्रस्थान
नेपालखोज
२०७८ कार्तिक २३ गते ९:४९

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सेनाको विशेष विमानमा भारत प्रस्थान गरेका छन् ।
भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणमा भारत गएका हुन् । उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
भारत प्रस्थान गर्नुअघि उनलाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । प्रधानसेनापति नियुक्त भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो ।
इन्डोनेसियामा निर्मित कासा विमानमा पत्नी सुनिता शर्मा सहित ९ सदस्यीय सैन्य टोलीका साथ उनी भारत गएका छन् ।
उनको भ्रमण भर उक्त विमान भारतमा नै रहने र त्यहाँबाट कात्तिक २६ मा उनलाई लिएर फर्कने छ ।
सम्बन्धित
प्रतिक्रिया