काठमाडौं उपत्यकाकाे बिहानी तापक्रम ९ डिग्री सेल्सियस !

नेपालखोज २०७८ कार्तिक २३ गते १०:३७

काठमाडौं । काठमाडौं उपत्यकासँगै अन्य ठाउँहरुमा चिसो बढ्दै गएको छ। हिजो तुलनामा आज झनै चिसो बढेको छ ।

काठमाडौं उपत्यकामा हिजो बिहान ६ बजेको न्युनतम तापक्रम ९.८ डिग्री सेल्सियस थियो भने त्यो तापक्रम झरेर आज ९ डिग्री सेल्सियसमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सबैभन्दा कम जुम्लाको तापक्रम माइनस १.० डिग्री सेल्सियस पुगेको छ । भने सबैभन्दा धेरै सिमराको तापक्रम १६.६ डिग्री सेल्सियस पुगेको छ ।

यसैबिच मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलकाअनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको छ। आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको उनको भनाइ छ ।

प्रतिक्रिया