कुन फाइनान्समा कति प्रतिशत कर्जा निष्क्रिय ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जाको अधिकतम सिमा ५ प्रतिशत भन्दा बढि हुनु हुँदैन ।
यदि यस्तो कर्जाको सिमा पाँच प्रतिशत भन्दा बढी छ भने त्यस्तो संस्थालाई राष्ट्र बैंकले सुधारात्मक कारबाही स्वरुप निक्षेप तथा कर्जामा न्युनतम सिमा तोकिदिने, खराब कर्जा असुलीलाई प्राथमिकता दिनुपर्ने लगायतका नीतिगत कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।
तर फाइनान्स कम्पनीहरुमा भने निष्क्रिय कर्र्जाको अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सिमा भन्दा पनि निकै नै माथि रहेको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्ये १५ वटाले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा झण्डै आधा दर्जनमा निष्क्रिय कर्जाको अनुपात उच्च देखिएको छ ।
सो मध्येमा पनि नेपाल फाइनान्समा निक्षेप कर्जाको अनुपात सबैभन्दा उच्च देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको नेपाल फाइनान्समा चालु आथिक वर्षको पहिलो त्रैमासमा २७ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यस अवधिमा गोर्खाज फाइनान्समा पनि नौ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा गोर्खाजमा यस्तो कर्जाको अनुपात चार दशमलव ७३ प्रतिशत रहेको थियो ।
वेष्ट फाइनान्स र रिलायन्स फाइनान्समा पनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमश चार दशमलव पाँच र चार दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाइनान्स कम्पनीहरुमा यस्तो कर्जाको अनुपात क्रमश १४ दशमलव ९६ र तीन दशमलव ३१ प्रतिशत रहेको थियो ।
यि बाहेक गुडविल र समृद्धि फाइनान्समा भने निष्क्रिय कर्जाको अनुपात क्रमश तीन दशमलव ४० र तीन दशमलव ३१ प्रतिशत रहेका छन् । गत आवको सोही अवधिमा भने यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश दुई दशमलव एक र छ दशमलव ३९ प्रतिशत रहेको थियो ।
यसैगरी पोखरा र सेन्ट्रल फाइनान्समा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमश दुई दशमलव सात र दुई दशमलव तीन प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात एक दशमलव ८७ र चार दशमलव ३७ प्र्रतिशत रहेको थियो ।
मञ्जुुश्री, आईसीएफसी, जानकी, प्रोग्रेसिभ र मल्टीपर्पस फाइनान्समा भने चालु आवको पहिलो त्रैमासमा एक दशमलव २५ देखि एक दशमलव ९१ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात शुन्य दशमलव ५३ देखि चार दशमलव ३७ प्रतिशतसम्म रहेको थियो ।
यि बाहेक श्री इन्भेष्टमेन्ट गुहेश्वरी मर्चेन्ट फाइनान्स कम्पहरुमा भने निष्क्रिय कर्जा सबैभन्दा कम देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा श्री इन्भेष्टमेन्टमा शुन्य दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने गुहेश्वरी मर्चेन्ट फाइनान्समा पनि सोही अनुुपातमा कर्जा निष्क्रिय रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश शुन्य दशमलव ७४ र शुन्य दशमलव ७२ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया