शुक्रबार, वैशाख १४, २०८१

जसले प्रेममा हेरेनन् उमेरकाे भिन्नता…

नेपालखोज २०७८ कार्तिक २३ गते १४:५५
No description available.

काठमाडाैं । यी बलिउड कलाकारले जस्ले प्रेममा उमेर हेरेनन् । उनीहरुका लागि विवाहमा जीवनसाथीकाे उमेरले केही अर्थ पनि राखेन । आज यस्तै केही बलिउड जाेडीकाे चर्चा गराैं जाे आफ्नो जीवन साथीकाे तुलनामा उमेरमा निकै ठुला छन् ।

यद्यपि उनीहरुले उमेरकाे ख्याल गरेनन् वा उमेरकाे फरक उनीहरु बीच बाधा हुन सकेन । यसमा उनीहरुलाई दुनियाँले के भन्ला भन्ने पीर पनि लागेन ।

राजेश खन्ना र डिम्पल कपाडियाकाे विवाह बलिउडकाे निकै चर्चित विवाह हाे । राजेश खन्ना र डिम्पल कपाडियाले ३ वर्षको डेटिङपछि विवाह गरेका हुन् ।

उनीहरुकाे विवाह १९७३ मा भएकाे थियाे । विवाह गर्दा उनीहरु बीच १६ वर्षको फरक थियाे अर्थात राजेश खन्ना श्रीमती डिम्पल कपाडियाभन्दा १६ वर्ष जेठा थिए ।

विवाहपछि डिम्पलले फिल्मी संसारसँग नाता ताेडेकी थिइन भने याे दम्पती लामाे समय साथ पनि रहेन । उनीहरु पारपाचुके बिनै अलग बस्न थाले त्यतिबेलासम्म उनीहरुका सन्तान हुर्कन थालिसकेका थिए ।

No description available.

कमल हसनले सारिकासँग १९८८ मा विवाह गरेका थिए । सारिकासँग कमल हसनकाे याे दाेस्रो विवाह थियाे । सारिका कमल हसनभन्दा ६ वर्ष कान्छी थिइन् ।

उनीहरुकाे विवाह हुँदा सारिका प्रेग्नेन्ट थिइन् । पछि उनले छाेरीका रुपमा श्रुति हसनलाई जन्म दिइन् । श्रुति अहिले दक्षिण भारतिय तथा बलिउड चलचित्रमा सकृय छिन् तर उनका बाबू-आमाबीच पारपाचुके भइसकेकाे छ ।

No description available.

बलिउडका हट जाेडी सैफ अली खान र करीना कपूर खान कुनै आइडल कपलभन्दा कम मानिदैनन् । यद्यपि उनीहरुकाे उमेरमा १० वर्षको फरक छ ।

याे करीना कपूरकाे पहिलाे विवाह हाे भने सैफ अली खानले जेठी श्रीमती अमृता सिंहसँग पारपाचुके लिइसकेका छन् । संजय दत्त र मान्यताकाे जोडी मन पराउनेहरु पनि कम छैनन् ।

No description available.

मान्यता संजयकाे राम्रो र नराम्रो दिनमा सधैं साथ देखिन्छिन् । संजय दत्तले आफ्नी दोस्री श्रीमती रिया पिल्लईसँग पारपाचुके लिएपछि मान्यतासँग तेस्रो विवाह गरेका हुन् ।

पहिलाे श्रीमतीबाट संजय एक छाेरीका बाबुसमेत भैसकेका छन् । उनकी पहिलाे श्रीमतीकाे मृत्यु भैसकेकाे छ । संजय दत्त आफ्नी कान्छी श्रीमती मान्यताभन्दा २० वर्ष जेठा छन् भने संजय र मान्यताका दुई सन्तान छन् ।

प्रतिक्रिया