मुक्तिनाथ क्यापिटलले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
नेपालखोज
२०७८ कार्तिक २३ गते १५:३७

काठमाडौं । मुक्तिनाथ क्यापिटलले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाले १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
हकप्रद सेयर निष्कासनपछि मुक्तिनाथको चुक्ता पुँजी बढेर ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवासमेत सञ्चालन गर्ने योजना रहेको मुक्तिनाथ क्यापिटलले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले यसै आर्थिक वर्षभित्र सामूहिक लगानी कोष सञ्चालन गर्ने योजना रहेको पनि जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया