आइतबार, वैशाख २८, २०८२

ग्लोबल बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

नेपालखोज २०७८ कार्तिक २३ गते १६:५३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् । दराजको ११ः११ अफरमा ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया