शनिबार, वैशाख १३, २०८२

नोभेम्बर महिना, जसका लागि भाग्यशाली

नेपालखोज २०७८ कार्तिक २४ गते ६:०७

नोभेम्बर महिनामा केही ग्रहले राशि परिवर्तन गर्दै छन् । ज्योतिष गणनाअनुसार यो अंग्रेजी महिनामा ग्रहहरुको चाल केही राशिका लागि निकै शुभ रहनेछ । हेरौं ती चार राशि जसका लागि आउने केही दिन शुभ र फलदायी रहने देखिन्छ ।

मेष
• मेष राशिका लागि शुक्र ग्रहको राशि परिवर्तन वरदान साबित हुनेछ ।
• व्यापारमा लाभ देखिन्छ ।
• कार्यक्षेत्रमा तपाईंको कामको सराहना गरिनेछ ।
• आत्मविश्वास वृद्धि हुनेछ ।
• नोकरीमा पनि शुभ समाचार छ ।
• मित्रहरुले सहयोग गर्नेछन् ।
• पुण्य कर्ममा सहभागी भइनेछ ।

कन्या
• कन्या राशिका लागि शुभ समय आएको छ ।
• दाम्पत्य जीवन सुखमय रहनेछ ।
• काममा सफलता हात लाग्नेछ ।
• आर्थिक पक्ष सुदृढ देखिन्छ ।
• यति बेला गरेको लगानीले राम्रो फाइदा दिनेछ ।

मकर
• मकर राशिका लागि शुक्र ग्रहको राशि परिवर्तन शुभ रहनेछ ।
• नोकरी र व्यापारका लागि यो समय वरदान साबित होला ।
• आर्थिक पक्ष मजबुत रहनेछ ।
• वैवाहिक जीवन सुखमय देखिन्छ ।
• परिवारका सदस्यहरुसँग समय बिताउने अवसर जुट्नेछ ।
• आध्यात्मिक कर्ममा भाग लिन पाइनेछ ।

कर्कट
• धेरैले तपाईंको प्रशंसा गर्नेछन् ।
• धन-लाभ हुनेछ भने त्यसबाट आर्थिक समस्या समाधान गर्न सकिनेछ ।
• जीवनसाथीसँग राम्रो समय व्यतित गर्न पाइनेछ ।
• नोकरी गर्नेहरुले यो समयको लाभ लिन सक्नेछन् । उनीहरुले शुभ समाचार सुन्न सक्छन् ।

नोट : माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटिक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागु गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया