लिम्पियाधुराको जनगणना अनुमानका आधारमा गरिने
नेपालखोज
२०७८ कार्तिक २४ गते १४:३१

काठमाडौं । लिम्पियाधुरालगाएतका क्षेत्रमा भारतले जनगणना गर्न अनुमति नदिए अनुमानका आधारमा गणना गरिने भएकाे छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको बताए ।
उनले भारतले अनुमति नदिए अनुमानका आधारमा भएपनि गणना गर्नुपर्ने बताए । परराष्ट्रमार्फत् भारतलाई पत्राचार गरिने र १५ दिनभित्र भारतबाट कुनै ठोस जवाफ नआएको खण्डमा अनुमानका भरमा भए पनि जनगणना गरिने उनको भनाइ छ ।
भोलिदेखि १२ औं राष्ट्रिय जनगणना सुरु हुँदैछ । जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिँदै छन् ।
सम्बन्धित
प्रतिक्रिया