चौबीस घण्टामा थपिए ४४० संक्रमित, ६ को मृत्यु

नेपाकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४०७ जनाको पीसीआर परीक्षणमा ३८७ र १ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना गरि कुल ४४० जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप ४७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ । हाल नेपालमा निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४६० पुगेको छ ।
प्रतिक्रिया