तानसेन बुटवल सडक बन्द
नेपालखोज
२०७८ कार्तिक २४ गते १६:३०

काठमाडौं । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड राति बन्द हुने भएको छ । सडक मर्मत कार्य भइरहेकोले रातिको समयमा सडक बन्द गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए।
आजबाट २०७८ मंसिर ६ गतेसम्मको लागि राति ९ बजेदेखी बिहान ५ बजेसम्म सडक मर्मतको लागि एम्वुलेन्स बाहेकका सवारी साधन पूर्ण रुपमा बन्द गरिएको डिभिजन प्रमुख लम्सालले बताए। तानसेन बुटवल सडक खण्डको ४० स्थानभन्दा बढी ठाउँमा पहिरो गएको छ ।
सम्बन्धित
प्रतिक्रिया