४३ देशका साढे ४ करोड मानिस भाेकमरीकाे संघारमा : डब्ल्यूएफपी

काठमाडाैं । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)द्वारा जारी चेतावनी अनुसार संसारका ४३ देशका करिब ४.५ करोड मानिस भाेकमरीकाे संघारमा छन् ।
यदि अहिले नै उनीहरुकाे समस्यामा ध्यान नदिने हाे भने चाडैं नै उनीहरुसँग जीवन धान्ने पर्याप्त साधन बाँकी रहने छैन । भाेकमरीकाे संघारमा हुनेहरुकाे संख्या वर्ष २०२१ काे सुरुवातमा करीब ४.२ करोड थियाे भने २०१९ मा याे संख्या २.९ करोड मात्र थियाे ।
डब्ल्यूएफपीले भाेकमरिकाे जाेखिममा रहेका ती मानिसहरुकाे खाद्य सम्बन्धी आधारभूत आवश्यकता पूरा गर्न तत्काल मद्दत गर्न विश्वव्यापी अपील गरेकाे छ ।
डब्ल्यूएफपीका अनुसार केही देशका सरकार अहिले आफ्नो बढ्दाे आवश्यकताका साथ तालमेल मिलाउन संघर्ष गरिरहेका छन्, यस्तो अवस्थामा विश्व खाद्य कार्यक्रमले धनिवर्गसँग अगाडि आएर मद्दत गर्न अपील गरेकाे हाे ताकी संकटमा परेका ती मानिसहरुलाई भाेकले मर्नबाट जाेगाउन सकियोस् ।
डब्ल्यूएफपीका मुख्य कार्यकारी डेविड बेस्लीले भनेका छन् , ‘यदि ती ४.५ करोड मानिसलाई समयमै मद्दत नगर्ने हो भने ती साच्चिकै मर्ने छन् ।’
बेस्लीका अनुसार कोभिड-१९ महामारीले सारा संसारकाे स्थिति अत्यन्त खराब बनाएकाे छ । त्यसमाथि बढ्दाे मानवीय संघर्षका कारण अस्थिरता बढिरहेकाे छ ।
यसबाट अकालकाे विनाशकारी लहर सृजना हुने खतरा छ जुन संसारका लागि आउने सबैभन्दा ठुलो खतरा सावित हुन सक्छ । अहिले अफगानिस्तानमा जुन गतिमा मानवीय संकट बढिरहेकाे छ, त्यसले इथियोपिया, दक्षिण सुडान, सीरिया तथा यमनलाई पनि पछाडि छाेडेकाे छ ।
आईपीसी द्वारा जारी नवीनतम तथ्यांक अनुसार अफगानिस्तानमा २.२८ करोड मानिसले तीव्र खाद्य संकटकाे सामना गरिरहेका छन् ।
त्यसमा पनि करीब ८७ लाख अफगानि खाद्य असुरक्षाकाे आपत्कालीन स्तर (आईपीसी चरण – ४ ) मा पुगिसकेका छन् । अनुमान अनुसार आउने दिनहरुमा अफगानिस्तानको अवस्था अझ खराब हुनेछ ।
विश्व खाद्य कार्यक्रमका अनुसार कोभिड-१९ महामारी सुरुभए यता थप १.५ करोड मानिस भाेकमरीकाे सामना गर्न बाध्य भएका छन् । उत्तर काेरिया भाेकमरि सामना गर्ने अर्को देश भएकाे छ ।
डब्ल्यूएफपीले चाहे जलवायु परिवर्तन होस् वा शक्ति संघर्ष होस् अथवा यी दुवैको संयुक्त असर नै किन नहोस् यसले लाखाैं मानसलाइ बाहिर निस्कनै नसक्ने गरी संकटको गहिरो खाडलमा धकेल्ने चेतावनी एक वर्ष अघिदेखि नै दिदैं आएको छ ।
अहिले डब्ल्यूएफपीले आफ्नो इतिहास कै सबैभन्दा ठुलो अभियान चलाइरहेको छ, जस अन्तरगत यो वर्ष १३.९ करोड मानिसलाई सहयोग गर्ने लक्ष राखिएको छ ।
यद्यपि यो लक्ष्य त्यति सहज छैन । २०२० मा मौसमका कारण उत्पन्न विपत्तिमा ३ करोडभन्दा बढी मानिस विस्थापित भएका थिए भने विभिन्न संघर्षमा एक करोड मानिसले आफ्नो थाकथलो छोडनु परेको थियो ।
डब्ल्यूएफपीका प्रमुख अर्थशास्त्री आरिफ हुसेनले दिएको जानकारी अनुसार बितेको वर्षको तुलनामा अहाले खाद्य सामग्रीको मूल्यमा २१ प्रतिशत वृद्धि भैसकेको छ ।
यस्तोमा डब्ल्यूएफपीले गएको वर्ष जतिनै सामाग्रि खरीद गर्ने हो भने पनि उसलाई थप ३,५०० करोड रुपैयाँको आवश्यकता पर्नेछ । त्यस माथि इन्धनको बढेको मूल्यको मार अलग छ ।
हुसेन भन्छन्- जबसम्म संघर्ष, जलवायु परिवर्तन र कोभिड-१९ का कारण उत्पन्न आर्थिक संकट समाधान हुँदैन तबसम्म भोकमरीको समस्या पनि घटनेवाला छैन ।
डब्ल्यूएफपीका अनुसार अहिले आपत्कालीन खाद्य सहायताका माध्यमले केही समयका लागि खाद्य असुरक्षा र भोकमरीको प्रत्यक्ष प्रभाव कम गर्न सकिन्छ तर भोकमरीको समस्या समाधान गर्न जटिल हस्तक्षेपको आवश्यकता छ , जसमा शिक्षा, पोषण, आजीविका तथा सामाजिक सुरक्षा प्रणाली मजबु्त गर्ने आदि प्रक्रिया शामेल छन् ।

प्रतिक्रिया