आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली

नेपालखोज २०७८ कार्तिक २५ गते ६:२२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

पछिल्लो समय वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया